www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ः कास्कीमा आज २ को मृत्यु, १ सय ४७ संक्रमित

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ८७ जनामा गरिएको नमुना परीक्षणमा थप २ सय ३५ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

निर्देशनालयअनुसार आजमात्रै नवलपुर १६, स्याङ्जा २८, कास्की १ सय ४७, तनहुँ १३, लमजुङ २५, बागलुङ २, पर्वत २ र म्याग्दी २ जनामा संक्रमण पुष्टि भएको हो । आज पनि गण्डकीका ८ वटा जिल्लामा संक्रमित भेटिएको हो । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका २ सय ८८ जना निको भएर घर फर्किएका छन् भने २ हजार ८ सय १३ जना होम आइसोलेसनमा रहेका छन् । दैनिकजसो संक्रमण र मृत्युदरमा उतारचढाव भने भइरहेको छ ।

Batas

निर्देशनालयको अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेश कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय पुगेको छ । आजमात्रै गण्डकी प्रदेशमा ५ जनाको मृत्यु भएको छ । कास्कीमा आज २ जनाको कोरोनाबाट ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाकी ५८ वर्षीय महिला, तनहुँका ८३ वर्षीय पुरुष, बागलुङकी ८३ वर्षीय महिला र कास्कीका ५५ वर्षीय महिला र ७५ वर्षीय पुरुष रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

हालसम्म कास्कीमा संक्रमितको संख्या ३२ हजार ९ सय ५५ पुगेको छ । यस्तै निको भएर घर फर्किनेमा ३० हजार ९ सय ६० जना रहेका छन् । सक्रिय केस १४ सय ३४ रहेको छ भने मृत्यु हुनेको संख्या ५ सय ६१ पुगेको छ ।

साथै देशभर पछिल्लो २४ घन्टामा १ हजार ६ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ६ सय १२ वटा आरटिपिसिआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ४ हजार ३ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार ३० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ७ सय ७० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा थप २० जनाको मृत्यु भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.