www.tandavnews.com
Fact ~ In search of truth

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २ः३० बजे गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३ः२५ बजे मृत्यु भएको हो ।

रासस

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.