www.tandavnews.com
Fact ~ In search of truth

पार्टी फुटले गण्डकी प्रदेशमा असर नगर्नेः पूर्व स्वास्थ्यमन्त्री अधिकारी

जुना थापा

पूर्व स्वास्थ्यमन्त्री तथा निवर्तमान गृहमन्त्री खगराज अधिकारीले पार्टी फुटले पोखरा महानगरलगायत गण्डकी प्रदेशमा कुनै असर नगर्ने बताएका छन् ।

पोखरा महानगर वडा नम्बर १० को वडा कमिटीको विस्तारित बैठक एवं प्रशिक्षात्मक कार्यक्रममा प्रमुख अतिथि अधिकारीले समाजवादी मुकुन्डो लगाएर माधवकुमार नेपालले मदन भन्डारीको पुनः हत्या गरेको बताउँदै पार्टी विभाजनले गण्डकी प्रदेशमा कुनै असर नपर्ने बताए । वडा १० नेकपा एमालेका पार्टी अध्यक्ष सूर्य बानियाँले अब पार्टी संगठित, अझ सशक्त बनाएर लैजाने र नयाँ कार्य ढाँचा ल्याउने बताए । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले जिल्ला सचिव दामोदर वैरागी, पोखरा महानगर संयोजक दिपक पौडेललगायतले प्रशिक्षण दिएका थिए ।

Batas

अध्यक्ष बानियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यालय सदस्य राजु श्रेष्ठले स्वागत मन्तव्य र सचिव सीता तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.