www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषधसहित ६ जना हरिचोकबाट प्रक्राउ

जिल्ला प्रहरी कार्यालय कास्की, बगरका प्रहरी टोलीले हरिचोकबाट ६ जना व्यक्तिलाई बुधबार लागुऔषधसहित पक्राउ गरेको छ ।

चेकजाँच गर्ने क्रममा उनीहरुबाट खैरो हेरोइन ६.२६ ग्राम, गाँजा ३९४ ग्राम, डिजिटल तराजु १ थान, मोबाइल सेट ६ थान र नगद रु ६४ हजार ४ सय ५५ प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा पोमपा हरिचोक बस्ने वर्ष ३० का विकास केसी, भद्रकाली बस्ने वर्ष ३० का प्रशान्त गुरुङ, बगर बस्ने वर्षका राज गुरुङ, अर्चलबोट बस्ने वर्ष ३० का अविनाश शाही, हरिचोक बस्ने वर्ष २३ का मनोज श्रेष्ठ र भद्रकाली बस्ने वर्ष २९ का हरि गुरुङ रहेका छन् ।

Batas

उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १२ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.