www.tandavnews.com
Fact ~ In search of truth

चीनबाट प्राप्त स्वास्थ्य सामाग्री पोखरा महानगरलाई हस्तान्तरण

ताण्डव

छिमेकी मुलुक चीनको सहयोगमा पोखरा महानगरपालिकालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

बिहिबार आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई ती सामाग्री हस्तान्तरण गरे ।

Batas

कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले करिब २ करोड बराबरका सामाग्रहीहरु हस्तान्तरण गरिएको बताए । कोरोना रोकथाम र नियन्त्रणका लागि २ वटा भेण्टिलेटर, १५ वटा अक्सिजन कन्सन्टेटर मेसिन, ५० वटा अक्सिजन सिलिण्डर, ३ सय वटा अक्सिमिटर, ८ हजार आर टि पिसिआर किट ५ सय वटा पिपिई र मास्क हस्तान्तरण गरिएको जानकारी दिए । दाताहरुले दिएको सामाग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै पालिखेले सामाग्रीहरुको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।

सामाग्री ग्रहणपछि बोल्दै पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामाग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीहरुको सेवामा ती सामाग्री प्रयोग हुने गुरुङले बताइन् ।

कार्यक्रममा भनाई राख्दै महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणहरुमध्ये भेण्टिलेटरको आवस्यकता बढ्दै गएको भन्दै संघले उपलब्ध गराएको भेण्टिलेटरले थप सहयोग पुग्ने बताए । उक्त कार्यक्रम गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.