www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा ७० करोड बढी बेरुजु

पोखरा/ताण्डव न्यूज

पोखरा महानगरको ९ अर्ब ५१ करोड २५ लाख रकममध्ये ७० करोड ५७ लाख बेरुजु देखिएको छ । यो रकम लेखा परीक्षण गरिएको रकमको ७.४२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखा परीक्षण प्रतिवेदनमा उक्त रकम बेरुजु देखिएको हो । बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु ४५ करोड ८७ लाख २५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु ७ करोड १ लाख ९७ हजार नियमित गर्नुपर्ने रु. १५ करोड ७५ लाख २ हजार र पेस्की बाँकी रु १ करोड ९२ लाख ९१ हजार रहेको महालेखाले जनाएको छ ।

Batas

लेखापरीक्षणबाट मूलतः आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण यथार्थपरक नरहेको, आन्तरिक आय ठेक्का ब्यवस्थापनमा स्पष्ट कानूनी व्यवस्था नभएको, आय सङ्कलन न्यून रहेको पर्याप्त आधार बेगर राजस्व छुट दिएको, बक्यौता असुलीमा प्रभावकारिता नआएको उल्लेख गरिएको छ ।

त्यसैगरी बजेट अनुशासन कमजोर रहेको, अबण्डा बजेट राखेको, खर्च पश्चात बजेट तथा कार्यक्रम संशोधन गरी अनुमोदन गर्ने गरेको, वर्षको अन्तिममा बढि खर्च गरेको, खरिद कानून विपरित सोझै खरिद गरेको, अत्याधिक प्रशासनिक खर्च गरेको, महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा बचत अनुदान फिर्ता नगरेको, वितरणमुखी खर्चको बाहुल्यता रहेको जस्ता प्रवृत्ति देखिएको पनि उल्लेख छ ।

त्यसैगरी विकास निर्माणतर्फ योजना प्राथमिकीकरण नगरेको, साना तथा टुक्रे आयोजनाको छनौट गरेको, जटिल प्रकृतिका कार्यहरु समेत उपभोक्ता समितिबाट गराएको, तोकिएबमोजिम जनसहभागिता नजुटेको, दिगो विकासका लक्ष्य अनुरुप योजना र कार्यक्रम तर्जुमा नगरेको, दीर्घकालीन विकासको खाका तर्जुमा नभएको जस्ता समस्या रहेको नायव महालेखा परिक्षक ईन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.