www.tandavnews.com
Fact ~ In search of truth

सिद्धार्थ राजमार्गका ठाउँठाउँमा पहिरो

ताण्डव

अविरल वर्षापछिको बाढी र पहिरोका कारण पोखराबाट स्याङ्जा जाने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पोखरा २२ पुम्दीभुम्दी स्थित कालिमाटी, ठुल्ढुंगा, कुभिण्डे लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार गएराती ११ बजेतिर सडकमाथिबाट आएको पहिरोले सडक पुर्दा सडक वारपारमा कठिनाई भएको हो । कालिमाटीस्थित अवरुद्ध सडक खुलाउन स्काभेटर पुगेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । उनका अनुसार उक्त स्थानमा ठूलो पहिरो गएकोले एउटा मात्र स्काभेटरले सम्भव नदेखिएपछि थप उपकरणहरु मगाईएको छ । राजमार्गका ठाउँठाउँमा सडक माथिबाट पहिरो झरेको छ भने कतिपय ठाउँमा खोलाहरुको पानीले सडक भत्काएको छ ।

Batas

सडक अवरुद्ध हुँदा पोखराबाट उक्त राजमार्ग हुँदै स्याङ्जा, गल्याङ, वालिङ, वुटवल, भैरहवाका लागि छुटेका सवारीहरु सडकमै लामवद्ध भएका छन् भने पोखरा भित्रिने सवारीपनि अलपत्र परेका छन् । पोखरामा गत बुधबारदेखि लगातार ठूलो वर्षा भईरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.