www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावनाः मौसम पूर्वानुमान

ताण्डव

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अहिले मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ । प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन, चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्या््ंगसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले उल्लेख गरेको छ ।

Batas

त्यस्तै शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानको अनुमान रहेको छ । साथै आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एकदुई स्थानमा मेघ गर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ ।

देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्यांगसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमानले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.