www.tandavnews.com
Fact ~ In search of truth

भान्सामा बसिरहेको अवस्थामा माथिबाट ढुंगा खस्दा, खगप्रसादको घटनास्थममै मृत्यु

ताण्डव

ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।

बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुंगा झर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिए । जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.