www.tandavnews.com
Fact ~ In search of truth

बेगनासतालबाट बगेकाे खोलाले बगाउँदा १ को मृत्यु

ताण्डव

पोखरा महानगरपालिका ३२ गगनगौंडातर्फ जाने क्रममा खुदिखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ ।

करिब ११ बजेतिर बेगनासतालबाट बगेको खोलामा मगरले खोला तर्ने क्रममा उनलार्ई खोलाले बगाएको हो । स्थानीयले उनलाई बगेको ठाउँभन्दा ३० मिटर तल फेलापारेको थियो । त्यसपछि प्रहरी टोलीले उनलाई उपचारका लागि शिशुवा अस्पताल पुर्याएका थिए । उनलाई करिब सवा १२ बजे अस्पतालले मृत घोषणा गरेको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.