www.tandavnews.com
Fact ~ In search of truth

कर्रा खोलामा आएको भेलले ट्रकसहित २ जना बगायाे

ताण्डव

हेटौँडा उपमहानगरपालिका– १७ स्थित कर्रा खोलामा आज आएको भेलले १ ट्रकसहित २ जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शिवम् सिमेन्ट उद्योगबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख १४४० नंम्बरको ट्रकका चालक ४० वर्षीय बद्री कार्की र अर्का ४२ वर्षीय गणेश थापा मगरलाई बगाएको हो । खोलामा आएको भेलले उक्त ट्रक र हराएका व्यक्तिको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.