www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशन सम्पन्न नहुँदै मनाङ काँग्रेसको नेतृत्व टुंगो लाग्यो

ताण्डव

नेपाली काँग्रेस मनाङले अधिवेशन नहुँदै सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाएको छ । काँग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।

२ कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको संयोजकत्व र कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाईएको काँग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले ताण्डवलाई जानकारी दिए । जिल्ला सभापतिसहित मनाङ काँग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रिय कार्यसमिति र स्थानिय तहमा समेत सहमतिमै नयाँ नेतृत्व चयन गरिएको गुरुङले जानकारी दिए ।

Batas

मनाङमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद नभएको उनको भनाइ थियो । जिल्ला सभापति बन्न लागेका शंकर गुरुङ नेपाली काँग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली काँग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति थिए । यद्यपी अधिवेशनको मिति बाँकी नै रहेकाले सबै नाम भने सार्वजनिक गरिएको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.