www.tandavnews.com
Fact ~ In search of truth

आज पनि गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना

ताण्डव

आज गण्डकी प्रदेश र प्रदेश नं १ का एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । अब केही दिन दिउँसो कम पानी परे पनि राति भने दिउँसोको भन्दा धेरै पानीपर्ने उनको भनाइ छ । गत २४ घन्टामा पोखरामा सबैभन्दा धेरै २७४.५ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.