www.tandavnews.com
Fact ~ In search of truth

‘सांसद किन्न पोखरा आएका किसान श्रेष्ठलाई लखेट्यौँ’: अध्यक्ष गुरुङ

'हारको मानसिकता, पागलपन हो यो': सांसद श्रेष्ठ

पोखरा
ताण्डव न्यूज ।

प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’लाई गण्डकी प्रदेशका सांसद ‘खरिद’ गर्न पोखरा आएको आरोप लागेको छ । नेकपा एमालेबाट तनहुँ क्षेत्र नं १मा निर्वाचित सांसद श्रेष्ठ अहिले माधव कुमार नेपाल नेतृत्वको नेकपा(एस)मा गएका छन् ।

श्रेष्ठले पोखराको एक होटलमा बसेर पैसाको लोभ देखाई नेकपा(एमाले)का गण्डकी प्रदेशका सांसदहरुलाई खरिद गर्न खोजेको राष्ट्रिय युवा संघ नेपाल, गण्डकी अध्यक्ष महेन्द्र गुरुङको आरोप छ ।

Batas

‘यहाँका सबै जनप्रतिनिधि, सांसदहरु नेकपा(एमाले)मै रहने भएपछि पैसाको लोभ देखाएर खरिद गर्न खोजिएको हामीले थाहा पायौँ । थाहा हुनासाथ उहाँ बसेको होटलमा पुग्दा उहाँ भेटिनुभएन । युवा संघका साथीहरु पुग्दै गरेको खबर पाएपछि भाग्नुभएछ,’ अध्यक्ष गुरुङले भने,‘गण्डकीमा एमालेको माहौल धमिल्याउन भएको यो प्रयास कुनैपनि हालतमा हामी सफल हुन दिन्नौँ । अहिले उहाँ एयरपोर्ट पुग्नुभयो भन्ने जानकारी पाएका छौँ ।’

सांसद श्रेष्ठले आरोपलाई पागलपनको संज्ञा दिए । काठमाण्डौँ जानकालागि अहिले पोखरा एयरपोर्टमा रहेको बताउँदै उनले कुनै पनि सांसद नभेटेको दाबी गरे । ‘यस्तो आरोपलाई हारको मानसिकता भन्छु म । यो पागलपन हो । मेरो ससुराली ठाउँ हो पोखरा । म पोखरा आउनै नहुने भन्ने छ ?,’ सांसद श्रेष्ठले ताण्डव न्यूजसँग भने ।

२ पटक प्रतिनिधि सभा विघटन हुँदासम्म केपी ओलीकै पक्षमा रहेका सांसद श्रेष्ठले सर्वोच्चको आदेशपछि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.