www.tandavnews.com
Fact ~ In search of truth

गृहको विज्ञप्ति: विकास आयोजनाबारे सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी गर्नेहरुको सुक्ष्म निगरानी राख्छौँ, कारवाही गछौँ

पोखरा
ताण्डव न्यूज ।

गृह मन्त्रालयले देशमा सञ्चालित विकास आयोजनाहरुलाई लक्षित गरि नकरात्मक टिकाटिप्पणी गरेकोमा ध्यानकर्षण भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त कार्यको सुक्ष्म निगरानि राख्ने र कारवाही गर्ने चेतावनि दिएको छ ।

मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । विकास आयोजना कार्यान्वयनमा असुरक्षा महशुस हुने तथा मित्रराष्ट्रहरुसँगको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिविधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिविधिहरुको मन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानून बमोजिम कडा कारवाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.