www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज मृत्यु शून्य, १ सय ८८ थप संक्रमित

देशभर आज १ हजार २ सय ६८ संक्रमित

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार २८ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ८८ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर १८, स्याङ्जा १३, कास्की १ सय ३०, तनहुँ ७, म्याग्दी ५, लमजुङ १३, बागलुङ १ र गोरखा १ जना सक्रिय संक्रिमत रहेका छन् । कास्कीमा हिजोको तुलनामा ४५ जना नयाँ संक्रमित थएिको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ४ सय ५६ जना निको भएर घर फर्किएका छन् भने २ हजार २ सय ९५ जना होम आइसोलेसनमा रहेका छन् । बिहिबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । साथै मृत्यु संख्या आज शून्यमा झेर पनि नयाँ संक्रमितमा भने वृद्धि भएको तथ्यांकले देखाउँछ ।

Batas

हालसम्म कास्कीमा संक्रमितको संख्या ३३ हजार २ सय ६३ जनामा पुष्टि भएको छ । यस्तै निको भएर घर फर्किनेमा ३१ हजार ४ सय ३२ जना रहेका छन् । सक्रिय केस १२ सय ६७ रहेका छन् भने मृत्यु हुनेको संख्या ५ सय ६४ रहेको छ ।

देशभरको कोरोना अपडेट
कोरोना भाइरसको संक्रमण आज १ हजार २ सय ६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा ९ हजार ८ सय ७५ मा परीक्षण उक्त संख्यामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३१ हजार ८ सय २६ रहेका छन् ।

संक्रमणबाट निको भई आज २ हजार १ सय ९५ जना घर फर्किएका छन् । अहिलेसम्म ७ लाख २५ हजार ६ सय ५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार ३ दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

संक्रमणबाट निधन हुनेको संख्या विगत २४ घन्टामा घटेको पाइएको छ । संक्रमणबाट आज ९ जनाको ज्यान गएको छ । यो संख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको संक्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८ सय १८ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५ सय ५४ जना सघन उपचारकक्ष (आइसियू), १ सय ७२ भेन्टिलेटर, २९ हजार ६ सय ५८ होम आइसोलेसन, २ हजार १ सय ६८ संस्थागत आइसोलेसन र २ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा संक्रमणको दर १९.५ प्रतिशत छ । ५ सयभन्दा बढी संक्रमित हुने जिल्ला १९ छन् । १ लाख ७ हजार ५ सय ९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.