www.tandavnews.com
Fact ~ In search of truth

चन्दागिरी खुलेकै दिन आज २ हजार पुगे

ताण्डव
कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरीको केबलकार आजदेखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन सुरु गरेपछि केबलकार बन्द भएको थियो ।

चन्दागिरी हिल्सका महाप्रबन्धक अभिषेख विक्रम शाहका अनुसार झण्डै ५ महिनापछि केबलकार सञ्चालनमा आउँदा आज पहिलो दिन २ हजार जनाले यात्रा गरेका छन् । उनले स्वास्थ्य मापदण्डको पालना गरेर केबलकार सञ्चालन गरिएको बताए । उनले भने, ‘सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेका छौं, ठाउँ–ठाउँमा स्यानेटाइजरको व्यवस्था छ, मास्कबिना प्रवेशमा रोक लगाइएको छ, यहाँ फराकिलो क्षेत्र भएकाले खास भीडभाड नहुने हुनाले पनि कोरोनाको डर कम छ ।’ उनले सर्वसाधारणका लागि केबलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्ट गत असारबाट नै खुलाइएको जानकारी दिए ।

यसैगरी आजदेखि चन्द्रागिरीमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरी हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.