www.tandavnews.com
Fact ~ In search of truth

मोदीको पुत्ला जलाइएकोमा गृह मन्त्रालयको आपत्ति, कारवाही गर्ने चेतावनी

ताण्डव
गृह मन्त्रालयले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्लादहन गर्ने गतिविधिप्रति मन्त्रालयले गम्भीर आपत्ति व्यक्त गरेको छ । आइतबार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता उच्छृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ ।’

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनैपनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनैपनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।’

सरकारले मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जनाएको छ । त्यस्तै, भविष्यमा उत्पन्न हुने समस्यालाई पनि वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने जनाइएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

Batas

सीमा अतिक्रमण तथा हस्तक्षेप गरेको भन्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन र नेकपा (एमाले) निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका थिए । उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दहन गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.