www.tandavnews.com
Fact ~ In search of truth

विर्तामोडमा अटो चालकको हत्या

ताण्डव
विर्तामोड नगरपालिका–४ मा १ व्यक्तिको हत्या भएको छ ।

कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको उनले बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छो काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।

सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर मारेको र त्यसपछि आफ्नो ९ वर्षीय छोरा र श्रीमतीलाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी आएकाले उनको खोततलास भइरहेको प्रवक्ता थापाको भनाइ छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.