www.tandavnews.com
Fact ~ In search of truth

टयाक्टर दुर्घटना हुँदा २३ वर्षीय युवाको मृत्यु

ताण्डव

तनहुँ बन्दिपुर गाउँपालिका- १ स्याउली चिसापानी स्थित डुम्रे बन्दिपुर सडकखण्डमा टयाक्टर अनियन्त्रित भई पल्टिन जाँदा चालकको मृत्यु भएको छ ।

बन्दिपुर गाउँपालिका- २ बस्ने वर्ष २३ का सुदिप कपाली ‘चालक’ र सोही स्थानमा बस्ने वर्ष ३५ का माधव विक ‘सहचालक’ घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे पठाइएकोमा चालक सुदिप कपालीको उपचारको क्रममा मृत्यु भएको छ । घाइते विकको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.