www.tandavnews.com
Fact ~ In search of truth

कास्की परिवार-दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर १९ मा

ताण्डव

‘संगठित समूह नै प्रदेशको सहारा’ भन्ने मूल भावनाबाट प्रेरित भई कास्की जिल्लामा स्थायी बसोबास भई हाल दक्षिण कोरियामा शिक्षा, रोजगार, व्यवसाय र कोरियामा स्थायी बसोबास गर्ने कस्केलीहरुको हकहितका लागि सन् २००८ मा स्थापना भएको कास्की परिवार दक्षिण कोरियाको सातौं अधिवेशनको तयारी सम्पन्न भएको छ ।

डिसेम्बर १ तारिखमा २०१९–०२१ का लागि चयन भएको छैठौं कार्यसमितिको कार्यकाल यही डिसेम्बर २०२१ मा सकिँदै गर्दा सेप्टेम्बर १९ तारिखका दिन सातौं अधिवेशन हुन गएको संस्थाका सचिव विनोद दाहालले जानकारी दिए ।

Batas

अधिवेशनमा आर्थिक, वार्षिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाको विधान परिमार्जन गर्नका लागि संस्थाका सल्लाहकार प्रकाश देवकोटाको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ । त्यस्तै नयाँ कार्यसमिति चयनका लागि संस्थाका संरक्षक खोमप्रसाद गुरूङको संयोजकत्वमा निर्वाचन समिति बनाएर अधिवेशनको कार्य अगाडि बढी रहेको व्यहोरा संस्थाकी उपाध्याय आरती होल्मोले जानकारी दिइन् ।

संस्थाले स्थापनाकालदेखि कोरियामा समस्यामा परेका कस्केली तथा सम्पूर्ण नेपालीलाई आर्थिक, नैतिक, सामाजिक र भौतिकरुपमा सहयोग गर्दै विभिन्न क्षेत्रीय, जातीय, संघसंस्थासँग सहकार्य र समन्यव गर्दै आएको छ । संस्थाले कोरियामा मात्र नभई नेपालमा आइपरेको दैवीप्रकोप र कोभिड १९ को महामारीमा अक्सिजन र औषधिजन्य सामाग्री सहयोग गरेको छ । यस्तै संस्थाले खेलकुद, सांस्कृतिक, सांगितिक एवं मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

आगामी दिनमा संस्थागत रुपमा सञ्चालन गर्न संस्थाका विभिन्न गतिविधिहरुलाई पारदर्शी बनाउँदै लैजाने उद्देश्यसहितले विगत ३ महिना अघिदेखि दक्षिण कोरियाकोको प्रचलित कानुन बमोजिम करकार्यालयमा दर्ता गरी संस्थाको नाममा ‘केइबी एचएएनए’ बंैकमा खाता पनि खोलिएको संस्थाका अध्यक्ष प्रविण गिरीले जानकारी गराए ।

कोभिड–१९ को कारणले अनलाईन भर्चुअल माध्यामबाट हुन गइरहेको सातौं अधिवेशनमा संस्थाका संरक्षक, वरिष्ठ सल्लहाकार, सल्लहाकार समिति, आजीवन/साधारण सदस्यहरु, विभिन्न पेसा, व्यवसायी, बुद्धिजिविवर्ग तथा संस्थाका शुभचिन्तकज्युहरुमा कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन संस्थाका अध्यक्ष प्रविण गिरीले अनुरोध गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.