www.tandavnews.com
Fact ~ In search of truth

कोभिड १९ः गण्डकीमा आज ९२ संक्रमित, ६ को मृत्यु

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ९ सय ४ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ । गण्डकीमा कोरोना संक्रमणदर र मृत्युदरमा दैनिकजसो उतारचढाव भइरहेको छ ।

निर्देशनालयअनुसार आजमात्रै स्याङ्जा ९, कास्की ३९, तनहुँ ५, लमजुङ १७, पर्वत ५ र म्याग्दी ७ जनामा संक्रमण पुष्टि भएको हो । आज गण्डकीका ६ वटा जिल्लामा संक्रमित भेटिएको हो । सबै जिल्लामा पछिल्लो तुलनामा संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३ सय २८ जना निको भएर घर फर्किएका छन् भने २ हजार १ सय १८ जना होम आइसोलेसनमा रहेका छन् ।

Batas

निर्देशनालयको अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेश कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय १२ पुगेको छ । आजमात्रै गण्डकी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । कास्कीमा आज १ जनाको कोरोनाबाट ज्यान गएको छ ।

कोभिड संक्रमणबाट मृत्यु हुनेमा स्याङ्जाका ५८ वर्षीय पुरुष, तनहुँकी ३३ वर्षीय महिला, बागलुङकी ६७ वर्षीय महिला, कास्कीका ६४ वर्षीय महिला र पर्वतकी ६९ वर्षीय महिला र म्याग्दीका ७२ वर्षीय पुरुष रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख गरेको छ ।

हालसम्म गण्डकीमा ३१ लाख ४ हजार १ सय ९९ जनाले कोभिडको परीक्षण गरेका छन् । त्यस्तै अहिलेसम्म संक्रमितको संख्या ८२ हजार ४ सय २९ पुगेको छ । यस्तै निको भएर घर फर्किनेमा ७८ हजार ७ सय ७ जना रहेका छन् । सक्रिय केस २४ सय १८ रहेको छ भने मृत्यु हुनेको संख्या १३ सय १२ पुगेको छ । साथै २३ लाख १ हजार ७ सय ७० जनाको रिपोर्ट नेगेटिभ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.