www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाईयो, थ्रि एन्जल्स नेपाल सम्मानित

ताण्डव

‘मानव बेचविखन मुक्त समाज हाम्रो प्रतिवद्धताः सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचविखन विरुद्धको १५ औँ राष्ट्रिय दिवस आइतबार पोखरामा पनि मनाइएको छ ।

गण्डकी प्रदेशको शिक्षा संस्कृति विज्ञान तथा सामाजिक विकास मन्त्रालयको आयोजनामा मूल समारोह सम्मान तथा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा मानव बेचविखन विरुद्ध कार्यरत संस्थाहरुमध्ये गण्डकी प्रदेशभरमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै पोखराको थ्रि एन्जल्स नेपाल सम्मानित भएको छ ।

Batas

दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा थ्रि एन्जल्स नेपाल, अग्रज पत्रकार नारायण कार्की र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक केसीलाई सम्मान गरिएको हो । थ्रि एन्जल्स नेपालको तर्फबाट अध्यक्ष शारदा खत्री गौतमले सम्मान पत्र र दोशल्ला ग्रहण गरिन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका शिक्षा संस्कृति विज्ञान तथा सामाजिक विकाश मन्त्री मेखलाल श्रेष्ठले शिक्षाको विकास हुन नसक्दा मानव बेचविखन बढेको बताए । उनले पूर्वीय दर्शन र शिक्षा छाडेर पश्चिमा शिक्षा अंगाल्नुपर्ने धारणा राखे । ‘हाम्रोे जुन पूर्वीय दर्शनको शिक्षा छ, त्यो शिक्षा खाली शिक्षित बनाउने खालको छ र बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री मात्र बनेको छ,’ उनले भने ‘अब हामीले त्यसलाई परिवर्तन गर्न र पश्चिमा शिक्षामा जानु जरुरी छ ।’ गण्डकी प्रदेशमा पनि सीपयुक्त पश्चिमा शिक्षा सुरु गर्नुपर्ने उनको भनाई थियो ।

सरकारले मात्र चाहेर मानव बेचविखन अन्त्य हुन नसक्ने बताउँदै मन्त्री श्रेष्ठले बेचविखनको जोखिममा रहेका दूरदराजका ठाउँहरुमा पुगेर जनचेतना फैलाउनुपर्ने धारणा राखे । सरोकारवाला सबै पक्ष बेचविखन विरुद्ध ईमान्दारीपूर्वक लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । उनले बेरोजगारी समस्या हटाउने गरी सरकारले काम गरिरहेको दावी गरे ।

सम्मानित व्यक्तित्वका तर्फबाट बोेल्दै अग्रज पत्रकार नारायण कार्कीले पत्रकारिता क्षेत्रमा विगत ५० वर्षदेखि आफू क्रियाशिल रहेको बताउँदै राज्यले रोजगारी सिर्जना गर्न सकेमा मानव बेचविखन न्यूनिकरण हुने बताए । सो अवसरमा सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदीले मानव बेचविखको वर्तमान अवस्था र बेचविखन विरुद्धको कानुनी व्यवस्था विषयक कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी मानव बेचविखन सम्बन्धि प्रदेशको वस्तुस्थिति र प्रहरीलाई चुनौती विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले कार्यपत्र प्रस्तुत पेश गरे ।

अन्तरक्रियामा सहभागीहरुले भारतसंगको खुला सिमानाका कारण बेचविखन बढेको, अनलाईनको बढ्दो प्रयोगका कारण चुनौती थपिएको, सरकारी स्तरबाट पुनःस्थापना गृह सञ्चालन गर्न आवस्यक रहेको, सञ्चार क्षेत्रमा गरिने खर्चको सदुपयोग गर्नुपर्ने, उजुरी गर्न डराउने जस्ता विषयमा धारणा राखेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.