www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले पुरिएर रोल्पामा ५ वर्षका बालकसहित २ जनाको मृत्यु

ताण्डव

रोल्पामा पहिरोले पुरिएर ५ वर्षका बालकसहित २ जनाको मृत्यु भएको छ । निरन्तर वर्षाका कारण घरमाथिबाट पहिरो खस्दा रोल्पा नगरपालिका वडा नम्बर १० बाम्लाका पूर्णबहादुर थापाको घर पुरेको थियो ।

पहिरोमा परी थापाका श्रीमती ७० वर्षिया गौरी थापा र ५ वर्षका १ बालकको मृत्यु भएको अनि अरु २ जना घाइते भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्दारका लागि खटिएका छन् । रोल्पाकै सुनिलस्मृति गाउँपालिका ४ को फगाम खोलामा आएको बाढीले एउटा बस बगाएको छ । बिहान करिब साढे ६ बजे खोला छेउमा रहेको वर्कसपमा बाढी पस्दा मर्मतका लागि राखिएको एउटा बस बगाएको प्रहरीले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.