www.tandavnews.com
Fact ~ In search of truth

४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कत रहन मौसमविद्को अनुरोध

ताण्डव

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद मिनकुमार अर्यालले सिआईएनलाई जानकारी दिए ।

आज राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, नदीनाला र खहरे खोलामा पानीको सतहसमेत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ । वर्षाका कारण आज महाकाली, कोशी, नारायणी र सहायक नदीहरू सुनकोशी, त्रिशुली, मस्र्याङ्दी लगायतमा पानीको वहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Batas

बागमती, पश्चिम राप्तीमा बहाब बढ्ने र सर्तकता तहसम्म पुग्न सक्ने बताइएको छ भने बबई नदीमा बहाव बढ्नुका साथै सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.