www.tandavnews.com
Fact ~ In search of truth

‘आफुलाई माया गरौं, दैनिक १ घण्टा छुट्याऔं’

पोखरामा पछिल्लो समय स्वास्थ्यप्रति सचेत हुनेहरुको संख्या दिनानुदिन बढ्दो छ । आधुनिक जीवनशैली, कार्यव्यस्तता, खानपान आदीले मानवस्वास्थ्यमा असर गरिरहेको छ । जसरी स्वस्थ शरिरप्रति समय र पैसा लगानी गर्नेको संख्या बढ्दो छ, सोही अनुपातमा पोखरामा जिम र फिटनेश सेन्टरको संख्यासमेत थपिँदैछ । यसैबीच, कोरोना भाइरसको संक्रमणले नियमित अभ्यास गर्न र जिम हाउस सञ्चालन गर्न उत्तिकै कठिन अवस्था छ । यसै सेरोफेरोमा लेकसाइडस्थित बब्स जिमका सञ्चालक एवं ट्रेनर केशव उदाससँग ताण्डवकर्मी अर्जुन गिरीले गरेको कुराकानी संक्षेपमाः

१. फिटनेश अर्थात् जिम नै किन ?

फिटनेश भन्ने बित्तिकै जिम भनेर बुझ्ने गरिएको छ । आफ्नो शरिरलाई बलियो, आकर्षक र स्वस्थ राख्न जिम अपरिहार्य छ । र, जिम जीवनशैली बनिसकेको छ ।

Batas

२. निषेधाज्ञा केहि खुकुलो गराइएको छ । तापनि, जोखिम कायम छ । अहिले जिम सञ्चालन कसरी गर्नु भएको छ ?

यो समयमा हामीले स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर जिम सञ्चालन गरेका छौं । एक सिफ्टमा १५ देखि २० जना भन्दा बढीलाई हामीले टे«निङ गराउँदैनौ । बिहानको गु्रप आउनु अघि र निस्किएपछि र बेलुकाको गु्रप पनि आउनु अघि र निस्किएपछि जिमहल स्यानिटाइज गछौँ । कोभिड अघि ४० देखि ४५ जनालाई एकैचोटी टे«निङ गराइन्थ्यो । कोभिडलाई मध्यनगर गर्दै हाल संख्या घटाएका छौं ।

३. मोटोपन घटाउन व्यायाममात्र गर्दा हुन्छ कि खानपानमा पनि ध्यान दिनुपर्छ ?

मोटोपन घटाउन व्यायामले मात्र सकारात्मक रिजल्ट दिँदैन । यसका लागि हामीले डाइटमा अर्थात उपयुक्त खानपानमा बढी ध्यान दिन जरुरी हुन्छ । यदि राम्रो डाइट लिने गरेको छ भने व्यायाम गर्दा मोटोपन घटाउन सकिन्छ । डाइट राम्रो भएन भने दिनभर जिम हाउसमा समय बिताए नि मोटोपन घट्दैन । डाइट र अनुशासनमा ख्याल गर्नुपर्छ ।

४ डाइटमा के–के पर्छन् ?

मोटो र बोसो धेरै भएको शरीर छ भने उनीहरुले बढी मात्रामा ‘लिन’ खाना खानुपर्छ र धेरै सलादहरु बढी खानुपर्छ । व्यायाम गर्दा धेरै पसिना निकाल्ने, क्यालोरी धेरै बर्न गर्नुपर्ने हुन्छ ।

५. जिम गर्दा के कुरामा ध्यान दिने ?

बिना ट्रेनर जिम गर्नुहुन्छ भने यसले तपाइको शारीरिक अवस्था र आकार (बडी पोस्चर)लाई बिगार्छ । बडी पोस्चर बिग्रिएपछि तपाइमा ढाड दुख्ने, नशा सर्किने समस्या धेरै हुन्छ । त्यसैले व्ययाम गर्ने बेलामा पोस्चर मिलाएर गर्नुपर्छ । यसमा नै बढी ध्यान दिनुपर्ने हुन्छ । सुरुमा यहाँ आउनेहरुलाई हाम्रो ट्रेनरहरुले नै गाइड गर्ने गर्छन् । त्यसपछि उनीहरुलाई एउटा चार्ट पनि दिन्छौ र प्रपर डाइट पनि दिने गर्छाै ।

६. जिम बिहान गर्दा ठिक वा बेलुका ? समयले कस्तो फरक पार्छ ?

यसमा समयले केही फरक पार्दैन । मोटोपन हुनेले बिहान जिम गर्दा उसले राती सञ्चय गरेको क्यालोरी बर्न गर्न सक्छन् भने बेलुका आउनेहरुले बिहानदेखि बेलुकासम्म जम्मा गरेको क्यालोरी बर्न गर्ने आउने हो । यसले क्यालोरी घटाउने काम गर्छ । दिउँसो प्रायः फ्रि टाइमरहरु आउने गर्छन् । फिटनेसका लागि हुन्छन् । थोरैमात्र वजन घटाउनका लागि हुन्छन् भने कोही वजन बढाउनका लागि पनि हुन्छन् । त्यसैले आवश्यकता अनुसार बिहान, दिउँसो वा बेलुका कुनैपनि समय उपयुक्त हुनसक्छ ।

७. अन्त्यमा, जिम गर्न चाहनेहरुलाई तपाइको के सुझाव छ ?

जिमप्रेमी र सबैलाई के भन्न चाहन्छु भने, कोभिडले गर्दा लामो समय हामी घरभित्रै बस्नुपर्ने बाध्यता रह्यो । कतिपयमा श्वासप्रश्वास र मोटोपन सम्बन्धि समस्या रहेको हुनसक्छ । समस्यानै नभए पनि व्यायाम भनेको स्वस्थ र स्फूर्तिका लागि हो । आफु र आफ्नो शरिरलाई माया गरौं, त्यसैले कमसेकम १ घण्टा समय छुट्याऔं । जिमहल नै जानुपर्छ भन्ने होइन तर मर्निङ वाक गर्नुपर्यो, रनिङ गर्नुपर्यो, सेटअप गर्नुपर्यो जसले हाम्रोे इम्युनिटी पावर बढाउन मद्दत गरोस् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.