www.tandavnews.com
Fact ~ In search of truth

भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस, अनुसन्धान गर्दा ६ जना पक्राउ

ताण्डव

युएस डाइभर्सिटी भिसा (इडिभी) २०२० को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा काठमाडौंस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने पाल्पा तानसेन नगरपालिका–३ घर भएका ३५ वर्षीय सुमित रत्न गुभाजु, ललितपुर महानगरपालिका–१४ सातदोबाटो बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–६ घर भएका ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने नवलपरासी गैंडाकोट नगरपालिका–३ बल्डिया घर भएका ३० वर्षीय नरेश केसी, काठमाडौं महानगरपालिका–२९ रानीबारी बस्ने नवलपरासी देवचुली–१७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनेपा नगरपालिका–१० जनगाल घर भएका ३३ वर्षीय दिप विष्ट र काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने २३ वर्षीय सोहिली शाही रहेका छन् ।

Batas

नेपालस्थित अमेरिकन दुतावासमा इडिभी २०२० को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनका लागि प्लस टुको नक्कली ट्रान्सक्रिप्ट बनाई पेस गरेको भन्ने सूचनाको आधारमा अमेरिकन दुतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई विभिन्न शैक्षिक नक्कली प्रमाणपत्र र ट्रान्सक्रिप्टसहित पक्राउ गरेको हो ।

साथै शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै पक्राउ परेका व्यक्ति उपर मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.