www.tandavnews.com
Fact ~ In search of truth

कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आउँदै ओली, सभागृहमा उपस्थित हुन आग्रह

ताण्डव

नेकपा एमाले कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा जिल्लास्तरीय बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

भेलालाई सम्बोधन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा आउने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीसँगै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको समेत उपस्थिति रहने एमाले जिल्ला कमिटीले जनाएको छ ।

Batas

पार्टी फुटेपछि एमालेको अवस्थालाई सुदृढ बनाउन र कार्यकर्तालाई आवश्यक प्रशिक्षण दिन भेलाको आयोजना गरिएको बताइएको छ । भेला पोखरा सभागृहमा बिहान ११ बजे आयोजना गरिएको बताउँदै कमिटीले सम्पूर्ण सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ ।

त्यस्तै, पार्टीका सम्पूर्ण भातृ संगठनले उक्त भेलामा सहभागी जनाउन आफ्ना मातहतका सदस्यलाई विज्ञप्तीमार्फत अनुरोध गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.