www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीः पछिल्लो २४ घन्टामा २ सय ५२ संक्रमित, ३ जनाले ज्यान गुमाए

ताण्डव
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार १ सय २३ जनामा गरिएको नमुना परीक्षणमा थप २ सय ५२ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

सँधैजसो आज पनि कास्कीमा गण्डकीको अन्य जिल्लामा भन्दा धेरै संक्रमण देखिएको छ । आजमात्रै कास्कीमा १ सय ६३ जनामा कोभिड पुष्टि भएको छ । त्यस्तै नवलपुरमा २०, स्याङ्जामा ३३, बागलुङमा २, तनहुँमा १७, लमजुङमा ५, गोरखामा १, पर्वतमा २ र म्याग्दीमा ९ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

साथै आज निको भएर ३ सय ५० जना घर गएका छन् भने २ हजार ११ जना होम आइसोलसनमा रहेका छन् । गण्डकीमा आज ३ जनाले कोभिडबाट ज्यान गुमाएका छन् । निर्देशनालयकाअनुसार मृत्यु हुनेमा नवलपुर पूर्वका ७० वर्षीय पुरुष, पर्वतकी ६४ वर्षीय महिला र कास्कीका ७८ वर्षीय पुरुष रहेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.