www.tandavnews.com
Fact ~ In search of truth

जनप्रतिनिधिलाई नयाँ पार्टी छनोटका लागि दिएको समय आज सकिँदै

ताण्डव
निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टी ‘जसपा’ का प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिएको समय आज सकिँदैछ ।

नयाँ पार्टी रोज्ने जनप्रतिनिधिले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा आज कार्यालय समयभित्र उपस्थित भइ सनाखत गराउनुपर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । अर्को पार्टीमा जान चाहने जनप्रतिनिधिले आजसम्म पनि सनाखत नगराए उनीहरूको पद गुम्नेछ । एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेका लागि समय निर्धारण गरेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.