www.tandavnews.com
Fact ~ In search of truth

आफ्नो जन्मदिनमा पुष्पराजले गरे विद्यालयमा अक्षयकोष स्थापना

ताण्डव

पोखरा महानगरपालिका वडा २७ मा रहेको श्री लक्ष्मी आर्दश माविमा सोही विद्यालयमा अध्ययन गरेका भूपू विद्यार्थी पुष्षराज त्रिपाठीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना र सहयोग गरेका छन् ।

पोमपा वडा २८ निवासी पुष्पराज त्रिपाठीले आफ्नो ३४ औं जन्मदिनको अवसरमा विद्यालयमा रु १ लाखको अक्षयकोष स्थापना गरेका छन् । साथै उनले १५ हजार रुपैयाँ विद्यालयमा आयोजित कार्यक्रमकाबिच गरेका हुन् । त्रिपाठीले हरेक जन्मदिनमा यसरीनै सहयोग गर्ने गरेको र यस किसिमको सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने र आगामी दिनमा पनि यस किसिमको सहयोग गरिरहने वाचा गरेका थिए ।

Batas

शिक्षक अभिभावक संघका अध्यक्ष शिवमोहन अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले, जन्मदिन मनाउन होटेलमा गएर गरिने फजुल खर्च बचाएर सामाजिक कार्यमा गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सत्यराज ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानध्यापक रविन्द्रनाथ भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानध्यापक हेमराज आचार्यले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.