www.tandavnews.com
Fact ~ In search of truth

नेकपा ‘एस’ को पोखरा २१ कमिटी गठन

ताण्डव

नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत समाजवादी’ कास्कीको पोखरा २१ वडा स्तरीय भेलाले ४५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
वडा कमिटको अध्यक्षमा नारायण केसी, उपाध्यक्षमा गंगादत्त भण्डारी, सचिवमा रेशमलाल सुवेदी, उपसचिवमा नारायण गिरी रहेका छन् ।

कास्की जिल्ला अध्यक्ष धनराज आचार्यको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको भेलामा बोल्दै आचार्यले गुटबन्दी, अवसरवादी प्रवृत्ति, नक्कली राष्ट्रवाद र संसद विघटनको विरुद्धमा नेकपा एकीकृत समाजवादी पार्टीको जन्म भएको बताए । साथै आचार्यले पार्टीको भावि रणनीति तथा योजनाहरुबारे प्रष्ट पारेका थिए ।

Batas

कार्यक्रममा अतिथिहरु दातारम आचार्य खड्ग हमाल, रामचन्द्र पौडेल, मुक्ति पौडेल लगायतले आआफ्नो धारणा राखेका थिए । कमिटिका अध्यक्ष नारायण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सन्चालन टंकबहादुर बिक ले गरेका थिए ।

सो अवसरमा पार्टीका नेताहरु खड्ग हमाल, रामचन्द्र पौडेल, दाताराम आचार्य, चित्रराज बराल, ओमप्रकाश सिग्देल, सिता पौडेल, भागरिथ पौडेल, बोधराज आचार्य, खड्गबहादुर नेपाली, सुर्य केसी, बलबहादुर विक, खमबहादुर गुरुङ, रेशमलाल सुवेदी लगायतको सहभागिता थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.