www.tandavnews.com
Fact ~ In search of truth

आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याउँछः अध्यक्ष ओली

ताण्डव

नेकपा ‘एमाले’ अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याएर फेरि सरकार निर्माण गर्ने बताएका छन् ।

पोखरामा मंगलबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको ओलीले १५ महिनामा आफूहरु पुनः सरकारमा जाने दाबी गरे । ‘यो सरकार १४ महिना चलेछ भने त्यसपछि हुने निर्वाचनमा एमालेले सके २ तिहाई नसके अत्याधिक बहुमत ल्याउँछ ।’

Batas

पार्टीबाट अलग भएका माधव नेपाललाई पार्टीमा जन्मेका ‘कुपुत्र’ को संज्ञा दिँदै अध्यक्ष ओलीले एमालेलाई माधव नेपालको वहिर्गमनले कुनै असर नपर्ने बताए । ‘कुपुत्र जन्मे कुलै समाप्त हुन्छ बल्लबल्ल कुल जोगाएँ,’ उनले भने । उनले आगामी निर्वाचनमा एमालेसँगँ भीड्ने चेष्टा नगर्न समेत आग्रह गरे । ‘वर्षौं पुरानो पार्टी कांग्रेसले त हामीसँग भिड्ने आँट गरिराख्या छैन,’ उनले भने ‘माधव नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’

अधिकांश समय माधव नेपालको आलोचनामै खर्चेका ओलीले नेपाललाई ‘कुहिएको फर्सी’ देखि पदलोलुप र बेसरमको आरोप लगाए । ‘अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अभियान चलेको छ । नेकपा एमाले खत्तम पार्ने । मन्त्रीको पद बेच्न आइरहेका थिए,’ ओलीले भने, ’ए बाबा खान जन्मेका हौ, खाउ न । नेकपा एमाले खान मात्रै होइन देश बनाउन जन्मेका हो ।’

माधव नेपालले एमाले सिध्याउने खेलमा लागेको आरोपसमेत लगाए । माधव नेपाल बिग्रेको मात्र नभइ पतन भएको ओलीको भनाइ थियो । ओलीले एमाले सरकार र एमालेविरुद्ध पासो थाप्ने काम भएको र त्यसको अगुवाइ माधव नेपालले गरेको आरोप लगाए । ‘विभिन्न खालका काम भए नेकपा एमालेको सरकार ढाल्नका लागि,’ उनले भने, ‘यस देशमा लोकतन्त्र राम्रोसँग चल्न नदिनका लागि एमालेविरुद्ध चारैतिरबाट पासो थाप्ने काम भयो । त्यसको अगुवाइ माधव नेपाल भन्ने एकजना व्यक्तिले आगडि–आगडि हिँडेर गरे ।’

उनले प्रदेश–प्रदेश सरकार ढाल्न माधव नेपाल लागेको पनि आरोप लगाए । उनले भने, ‘माधव नेपाल ब्रिगेकामात्रै होइन, पतन भइसके । माधव नेपालबिनाको एमाले अब राम्ररी अगाडि बढ्छ ।’ अध्यक्ष ओलीले वर्तमान सरकार गरिबहरुको खिलाफमा उत्रिएको आरोपसमेत लगाए ।

यसैबीच पोखरामा ९२ जना व्यक्तिहरु एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाईडमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ७८ जनालाई टिका र माला लगाएर पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले पार्टी प्रवेश गरेकोमा पछुतु नहुने गरी पार्टी अघि बढ्ने बताए ।

नेकपा एमाले प्रवेश गरेका व्यक्तिहरुको नामावलीः

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.