www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः मंगलबार थप १ सय ४८ जनामा कोभिड पुष्टि, १ को मृत्यु

ताण्डव

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार १ सय २३ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ४८ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ८, स्याङ्जा १४, कास्की ९०, तनहुँ ११, म्याग्दी ८, लमजुङ ८, बागलुङ ७ र पर्वत २ जना सक्रिय संक्रिमत रहेका छन् । कास्कीमा हिजोको तुलनामा ७३ जना नयाँ संक्रमित थएिको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका ३ सय ४ जना निको भएर घर फर्किएका छन् भने १ हजार ९ सय ८१ जना होम आइसोलेसनमा रहेका छन् । आज गण्डकी प्रदेशमा १ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा लमजुङका ३५ वर्षीय पुरुष रहेका छन् ।

Batas

हालसम्म कास्कीमा संक्रमितको संख्या ३३ हजार ५ सय ५५ जनामा पुष्टि भएको छ । यस्तै निको भएर घर फर्किनेमा ३१ हजार ९ सय ८ जना रहेका छन् । सक्रिय केस १ हजार ८१ जना रहेका छन् भने मृत्यु हुनेको संख्या ५ सय ६६ रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.