www.tandavnews.com
Fact ~ In search of truth

पोखराका एकसय बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश

पोखरा ।

पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित १ सय १० जनाले पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघ (ना)का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेशबहादुर भट्टराइ , पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी,टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पुर्व अन्तराष्टिय खेलाडी रामबहादुर ढकाल, लगायत विभिन्न संघ संस्था र व्यवासयमा आवद्ध पर्यटन व्यवसायीहरुले पार्टि प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अविर टिका र फुलमाला लगाएर पार्टीमा स्वागत गरे ।

Batas

पार्टी प्रवेश गरेका नाका अध्यक्ष भटटराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पुरा गर्न तयार गरेका पुर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता जस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताए । त्यसैगरी क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमाले बोकेका एजेण्टा त्यसलाई पुरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफुले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने बताए ।

यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद राजीव पहारीले यति ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताए । उनले भने ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठुलो टेवा पुग्ने छ ।’

पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्दिय सचिव एवम गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री, गण्डकी प्रदेशका सांसद राजीव पहाराी, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली , नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिती रहेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.