www.tandavnews.com
Fact ~ In search of truth

सत्ता कब्जा गरेको २४ दिनपछि अफगानिस्तानमा तालिबानको सरकार गठन

एजेन्सी ।

तालिबानले सत्ता कब्जा गरेको २४ दिनपछि अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको छ ।

मंगलबार साँझ अफगानिस्तानमा अन्तरिम सरकार गठनको घोषणा गर्दै तालिबानले अफगानिस्तान अब ‘इस्लामिक अमीरात’ मुलुक रहेको बताएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनको क्रममा तालिबानका संस्थापकमध्यका एक मुल्ला मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री र मुल्ला अब्दुल गनी बरादर उप प्रधानमन्त्री बनेको जानकारी दिए ।

Batas

तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री बनाइएको छ । यस्तै मुल्ला याकूबलाई रक्षामन्त्री र सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाइएको छ । गृहमन्त्री बनेका हक्कानी अमेरिकी एजेन्सी एफबीआईको ‘आतङ्कवादी’को सूचीमा छन् । रक्षामन्त्री बनेका याकूब तालिबानका संस्थापक मुल्ला उमरका छोरा हुन् ।

तर,नवगठित सरकारमा भने महिला मन्त्री चयन गरिएको छैन ।तालिबानका प्रवक्ता मजाहिदले यो ‘अन्तरिम सरकार’ भएको भन्दै पूर्ण सरकार गठनको क्रममामहिलालाई पनि सहभागि गरिने बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.