www.tandavnews.com
Fact ~ In search of truth

मौसम पूर्वानुमान : आजपनि देशका ४ प्रदेशमा मौसम बदली रहने

पोखरा
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनसम्मको बुलेटिन सार्वजनिक गर्दै आज देशका चारओटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताएको हो ।

आज बिहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Batas

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बताइएको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

यद्यपि, सेप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता नभइ मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने उनको भनाइ छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन उनले आग्रह गरिन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.