www.tandavnews.com
Fact ~ In search of truth

तीजको अवसरमा ‘एनआरएनए कान्साई’ले शुभकामना तथा अन्तरक्रिया कार्यक्रम गर्दै

हरितालिका तीजको अवसरमा जापानको कान्साईमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ । एआरएनए जापान, क्षेत्रिय समिति कान्साईको आयोजनामा कार्यक्रम हुन लागेको हो ।

कोरोना महामारीको जटिलता कायमै रहेकाले आज हुने कार्यक्रम भर्चुअल्ली हुने आयोजकले बताए । ‘कोरोना माहामारीको जटिल अवस्थामा यसपालीको तिजलाई मनोरञ्जनात्मक भन्दा पनि सृजनात्मक तथा रचनात्मक बनाउ भन्ने उद्देश्यका साथ अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागिएको हो’ एनआरएनए कान्सार्इका संयोजक दिलिप शर्मा गैरेले भने ।

उप संयोजक विन्दु ढकालले भर्चुअल माध्यमबाट संचालन गरिने कार्यक्रममा जापानस्थित नेपाली राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यता रहने जानकारी दिइन् ।

Batas

अनिता गुरुङ,कालिका थापा,लक्ष्मी केसी महर्जन र टिका वली अतिथी रहने कार्यक्रमलाई औपचारिक रूपमा संस्थाका सचिव तेज प्रकाश गुरूङले प्रारम्भ गर्ने र शुभकामना तथा अन्तरक्रियात्मक सेसनलाई विन्दु ढकाल र सिमला केसीले संचालन गर्ने गरि तयारी अघि बढेको आयोजक समिती मध्यका एक उप संयोजक डिल्ली प्रसाद सापकोटाले जानकारी दिए।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.