www.tandavnews.com
Fact ~ In search of truth

कास्की परिवार, दक्षिण कोरियाको सातौँ अधिवेशनको निर्वाचन कार्यविधि सार्वजनिक

वैदेशिक रोजगारिकालागि दक्षिण कोरियामा रहेको कस्केलीहरुको संस्था कास्की परिवार, दक्षिण कोरियाको सातौँ अधिवेशनको निर्वाचन कार्यविधि सार्वजनिक गरिएको छ । दक्षिण कोरियाको महान चाड छुसकको पहिलो दिन सेप्टेम्बर १९मा आधिवेशन तय गरिएको छ ।

सेप्टेम्बर ३मा बसेको निर्वाचन समितिको पहिलो बैठकले निर्वाचनका सम्पूर्ण कार्यक्रम अनलाइनबाटै गरिने समिति संयोजक खेमप्रसाद गुरुङले जानकारी दिए ।

कास्की परिवार, दक्षिण कोरियाको कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, उपाध्यक्ष (खुल्ला), सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा एक एक जना पदाधिकारी हुनेछन् । सहसचिवमा २ र सदस्यमा १० जना हुनेछन् ।

Batas

समितिले अध्यक्षका लागि ५०,००० वन, वरिष्ठ उपाध्यक्षका लागि ४०,००० वन, उपाध्यक्षका लागि ४०,००० वन, सचिवका लागि ४०,००० वन, सहसचिका लागि ४०,००० वन, कोषाध्यक्षका लागि ४०,००० वन, सह कोषाध्यक्षका लागि ४०,००० वन र सदस्यहरुका लागि ३०,००० वन मनोनयन शुल्क तोकेको छ ।

निर्वाचन कार्यतालिका

१. मतदाता नामावलि प्रकाशन: ०९ महिना ०७ गते

२. उम्मेदवारको मनोनयन दर्ता: ०९ महिना ०८ गते देखी ०९ महिना १५ गते २३:५९ बजे सम्म

३. उम्मेदवारहरु उपर दावि /बिरोध प्रस्तुत: ०९ महिना १६ गते २३:५९ बजेसम्म

४. उम्मेदवारहरुको अन्तिम नामावलि घोषणा: ०९ महिना १७ गते

५. निर्वाचन: ०९ महिना १८ गते बिहान ७ बजे देखी राति २३:५९ सम्म

६. निर्वाचन परिणाम घोणणा: ०९ महिना १९ गते (बार्षिक अधिवेसनको दिन)

७. बिजयी उम्मेदवारको पद तथा गोपनियताको सपथ ग्रहण: ०९ महिना १९ गते (बार्षिक अधिवेसनको दिन)

मनोनयन दर्ताकालागि ‘गुगल फर्म’ तयार पारिएको समितिले बतायो । उक्त फर्मको लिङ्क संस्थाको आधिकारिक सदस्यता ग्रुप , कास्की परिवार दक्षिण कोरियाको आधिकारिक फ़ेसबुक मा उपलब्ध हुने बताइएको छ । थप जानकारीका लागि निर्वाचन समिति संयोजक खोम प्रसाद गुरुङ (०१०-२५११-११२४),  सदस्यहरु डा. प्रदीप अधिकारी (०१०-६४६१-६६१३), डा. बिमल सुबेदी (०१०-८४०८-२१३५), चुडामणि अधिकारी (०१०-५८३२-९६२३), भिम बराइली (०१०-६४४७-०९९८), दिल जलारी पासा (०१०-३८३०-६०८०), र नबिन गुरुङ (०१०-९४७१-४४५७)  सम्पर्क गर्न सकिने छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.