www.tandavnews.com
Fact ~ In search of truth

एमसीसीबारे पुर्व अर्थमन्त्री पाण्डे भन्छन् ‘पैसा दिने र विरोध सञ्चालन एउटै सेन्टरले गरिराको त छैन ?’

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले एमसीसीको एजेण्डालाई संसदको बिजनेस बनाउनु पर्ने बताएका छन् । संसदमा एजेण्डाको रुपमा प्रस्तुत नभएको उल्लेख गर्दै उनले हालसम्म एमसीसीबारे सडकमा मात्रै बहसको विषय बनेको तर्क गरे ।

प्रेस चौतारी नेपाल, कास्कीद्धारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्व अर्थमन्त्री समेत रहेका पाण्डेले सहयोग उपलब्ध गराउनेले नै द्वैध भूमिका देखाएको हो की भन्ने संशय प्रकट गरे । ‘यो जुन छलफल मैले देखिराछु । कतै यो पैसा दिने र पैसाको विरुद्धमा विरोध सञ्चालन एउटै सेन्टरले गरिराको त छैन ? मेचिदेखि महाकाली यसमा मान्छे दौडेर चाहिँ सक्रिय भएको देख्छु ।’, उनले भने,‘यो घरको खर्च गरेर विरोध गर्न हिँडेको जस्तो त लाग्दैन ।’

Batas

एमसीसी जोडेर भइरहेको राजनीति आफुले नबुझेको उनको भनाई थियो । ‘यसभित्रको पोलिटिक्स मैले पनि बुझ्न सकिरा छैन । के सन्दर्भमा यत्रो धेरै राजनीति गरिरा’ हो भन्ने ।’ पाण्डेले भने ।

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.