www.tandavnews.com
Fact ~ In search of truth

सादी खोला किनारमा मृत फेला परे ‘खुशीमान गुरुङ’

पोखरा
ताण्डव न्यूज ।

गोरखामा एक ब्यक्ति मृत अवस्थामा फेला परेका छन् । सिरानचोक गाउँपालिका २ बस्ने अन्दाजी ५२ वर्षिय खुशीमान गुरुङ मृत फेला परेका हुन् ।

सिचौर आफन्तको घरबाट फर्कने क्रममा घरसम्म नआएपछि गुरुङको खोजी सुरु भएको थियो । खोजीकै क्रममा सिरानचोक र सिचौरको सिमानामा पर्ने सादी खोलाको किनारा अन्नपूर्ण भन्ने स्थानमा शव भेटिएको प्रदेश प्रहरी कार्यालय, गण्डकीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले बताए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.