www.tandavnews.com
Fact ~ In search of truth

एमालेले हामीलाई कारबाही गर भन्नुको अर्थ छैन : नेकपा एस अध्यक्ष नेपाल

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले संविधान र कानूनबमोजिम नै नयाँ दल दर्ता गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले दल विभाजन गर्न पाइने कानूनी व्यवस्था र सर्वाेच्च अदालतको विगतको फैसलाको नजिरका आधारमा आफूहरू अघि बढेको जनाए ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले नेता नेपालसहितलाई गरिएको कारबाही सिफारिसको कार्यान्वयन नभएकामा विरोध गरेको सम्बन्धमा सोधिएको प्रश्नमा पूर्वप्रधानमन्त्री नेपालले भने, “उहाँहरूले त्यस्ता कुरा उठाउनुको कुनै अर्थ छैन ।” उक्त दल राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ बमोजिम एमालेबाट विभाजन भई यही भदौ ९ गते दर्ता भएको थियो ।

Batas

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.