www.tandavnews.com
Fact ~ In search of truth

आजपनि न्यून चापीय रेखाको प्रभाव कायमै, देशका अधिकांश स्थानमा पानी पर्ने

पोखरा
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका अधिकांश स्थानमा मौसम बदली रहने बताएको छ ।

महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको बताएको हो।

Batas

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं. १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भएको छ। आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आजराती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पनि अनुरोध गरेको छ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.