www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस महाधिवेशनः पोखरा महानगरको नेतृत्व लिन ६ जना आकांक्षी मनोनयन दर्ता आज

ताण्डव

नेपाली काँग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत पोखरा महानगरको नेतृत्व हाँक्न ६ जनाले आकांक्षा राखेका छन् । पोखरा महानगरसहित ५ पालिका रहेको कास्कीमा भदौ २७ गते हुने निर्वाचनमा पालिकास्तरीय कार्यसमिति चयन गर्ने कार्यसूची रहेको छ । त्यसका लागि निर्वाचन अधिकृतको कार्यालयले पोखरामा बिहीबार नै मनोनयनको कार्यसूची बनाइसकेको छ ।

निर्वाचन अधिकृत आरसी विमल ‘रामचन्द्र पौडेल’ ले पोखरा महानगरमा आज मनोनयन हुने जानकारी दिए । गाउँपालिकामा भने भोलि मनोनयनको कार्यतालिका बनाइएको उनले बताए । पोखरा महानगरमा अन्तभन्दा अलि धेरै मतदाता भएका कारण आज नै मनोनयन गराइने उनले बताए ।

Batas

पोखरा महानगरको नेतृत्व लिन निर्वाचित जनप्रतिनिधि, पत्रकारदेखि व्यवसायीसम्मले ईच्छा देखाएर उम्मेदवारी दिने घोषणा नै गरिसहेका छन् । जस अन्र्तगत पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले केहिदिन पहिले पत्रकार सम्मेलन गरेर नै उम्मेदवारी सार्वजनिक गरेका थिए । त्यस्तै
वडा नं ९ का वडा अध्यक्ष रामराज लामिछानेले पनि सामाजिक सञ्जालमार्फत अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

यस्तै पत्रकारितामा छुट्टैै छवि बनाइसकेका गंगाधर पराजुली पनि सभापतिको दावेदारका रुपमा देखिएका छन् । पोखरा महानगरको नगर सभापतीमार्फत सक्रिय राजनीतिमा लाग्ने तयारीका साथ उनी मैदानमा उत्रिएका छन् । ताण्डव न्युजसँगको कुराकानीका क्रममा पराजुलीले महानगरमा सवल र सक्षम नेतृत्वका लागि आफ्नो उम्मेद्वारी दिएको बताएका छन् । यसअघि कांग्रेस निकट प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष बनिसकेका पराजुली नेपाल पत्रकार महासंघको पनि केन्द्रीय उपाध्यक्ष बनिसकेका व्यक्ति हुन् ।

अर्की पत्रकार ज्योति हमालले पनि सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिने घोषणा गरेकी छिन् भने पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छे र अर्का नेता मिलन तिवारीसमेत उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.