www.tandavnews.com
Fact ~ In search of truth

एमालेको स्थायी कमिटी बैठक बस्दै

ताण्डव

संसदको चालु अधिवेशनमा पार्टीको भूमिका र विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्न प्रमुख विपक्षी दल नेकपा एमालेले आजका लागि स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभाको आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा पनि छलफल हुने उनको भनाइ छ । असोज ६ र ७ मा हुने एमालेको विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार हुँदैछ भने विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वको टोलीले तयार गर्दैछ । स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने गरी काम भइरहेको सचिव तामाङले बताए । एमालेले आगामी मंसिर १०देखि १२ सम्ममा गर्ने गरी दशौं राष्ट्रिय महाधिवेशनको मिति तय गरेको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.