www.tandavnews.com
Fact ~ In search of truth

नेपाली फुटबल टोली आज कतार जाँदै

ताण्डव

नेपालको राष्ट्रिय फुटबल टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता ‘साफ’ को अन्तिम तयारीका लागि कतार जान लागेको नेपाली टिमले कतारमा १५ दिन अभ्यास गर्ने भएको हो ।

साफको अन्तिम तयारीका लागि नेपाली टिम आज कतार प्रस्थान गर्दैछ । कतार जाने नेपाली टिमलाई बिहिबार नै बिदाइ गरिसकिएको छ । कतार जाने नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष शिक्षित पराजुली लगायतले बिदाई गरेका हुन् ।

Batas

प्रशिक्षणको तयारीका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सोमबारनै कतार पुगिसकेका छन् । नेपालले साफको अन्तिम तयारी कतारमा गर्नेछ । कतारमा सम्भव भएको खण्डमा केही मैत्रीपूर्ण म्याचसमेत नेपाली टिमले खेल्नेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.