www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभाको बैठक आज बस्दै, एमालेले अवरोध गर्ने

ताण्डव

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची संसद सचिवालयले तयार पारेको भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक चल्न नदिने भएको छ ।

एमाले सचिव शेरबहादुर तामाङका अनुसार एमाले दल फुटाउनका लागि सत्ताधारी दलले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र त्यसका बारेमा अदालतमा पनि मुद्दा विचाराधीन रहेका कारण एमालेले विरोधलाई निरन्तरता दिने भएको हो । अस्तिको प्रतिनिधि सभाको बैठकमा एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको थियो ।

 

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.