www.tandavnews.com
Fact ~ In search of truth

‘अटेरी’ युवराज खतिवडा पक्राउ

पोखरा
ताण्डव न्यूज ।

धादिङ घर भई हाल पोखरा–५ बस्दै आएका युवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । खतिवडाले प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरि म्याद थपको लगिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता तथा डिएसपी सुवास हमालले बताए ।

‘फेवाताललाई असर हुने गरि मापदण्ड विपरितको काम भएको थियो,’ उनले भने, ‘त्यो काम कसले गरेको भनेर बुझ्दा युवराज खतिवडाले भन्ने आयो, उनलाई सोधपुछ गर्दा उल्टो प्रहरीमाथी अभद्र व्यवहार गरेपछि पक्राउ गर्न बाध्य भयौँ ।’

Batas

यसअघि पनि त्यस पोखरा–१८ मा सोही ठाँउमा फेवाताललाई असर गर्नेगरि माटो पुर्ने काम भएको उनले सुनाए । ‘पहिला पनि हामीले एक पटक सम्झाएका थियौँ,’ डिएसपीले भने, ‘यस पटक पनि कुरा गर्दा प्रहरीलाई नै अटेर गर्दै अभद्र रुपमा प्रस्तुत भए । अहिले यस्तो काम गर्न अदालतले पनि रोक लगाएको छ ।’

यसअघि पनि युवराज खतिवडा विभिन्न विवादमा मुछिदैँ आएका व्यक्ति हुन् । खतिवाडाले अहिले बसिरहेको घर पनि मापदण्ड विपरित बनाएर पोखरा–५ वडाले भत्काएको थियो । तर फेरी पछि अटेर गर्दै संरचना बनाए । त्यति मात्रै होइन कथित गुण्डा नाइके राजु गोर्खालीको आड पाएका खतिवडाले सस्तो बजार पनि मापदण्ड विपरित बनाएका हुन् । तर महानगरपालिकाले अहिलेसम्म कारवाही गर्न सकेको छैन ।

सम्बन्धित न्यूज

सस्तो बजारलाई महँगो कारवाही हुने

 

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.