www.tandavnews.com
Fact ~ In search of truth

कालिका क्याम्पसको कार्यवहाक अध्यक्षमा युवा उद्यमी किरण केसी

ताण्डव

कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षमा युवा उद्यमी किरण केसी चयन भएका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी व्यस्तता जनाउँदै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेसँगै केसीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिइएको कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिले जनाएको छ । केसी ग्रुपका निर्देशक युवा उद्यमी केसी पोखराका प्रतिष्ठित उद्योगपति स्व. सूर्यबहादूर केसीका माहिला छोरा हुन् ।

Batas

नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवं प्रतिनिधि सभाका सांसद रहेका सूर्यबहादूर केसीको निधनपछि छोरा किरण केसीले आफ्नै बावुको पथ पछ्याउदै राजनीति र समाजसेवामा अग्रसर छन् । क्याम्पस सञ्चालक समितिको बैठकले समितिका सदस्य बोधबहादुर कार्कीलाई सञ्चालक समितिको उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । बैठकले क्याम्पसको विकासका लागि विभिन्न निर्णय गरेको क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोलाले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.