www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसको गुमेको साख फिर्ता ल्याउँछुः पराजुली

ताण्डव

पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उम्मेद्वारी दर्तासँगै पत्रकार सम्मेलन गरेका छन् ।

सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताए । महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रोसँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले त्यसलाई सुधार गर्नका लागि आफूले उम्मेद्वारी दिएको उनले बताए ।

Batas

पत्रकारिता क्षेत्रमा लागेको व्यक्ति किन राजनीतिमा ? भन्ने एक प्रश्नमा उनले आफू विद्यार्थीकालदेखि नै राजनीति क्षेत्रमा लागेको जानकारी गराएका थिए भने पछिल्लो समयमा कांग्रेसको तहमा रही काम गरेको अनुभव सुनाएका थिए । उनले भने, ‘म विद्यार्थीकालबाट नै नेविसंघको राजनीति गरे, पछिल्लो समय कांग्रेसकै विभिन्न तहमा काम गरे भने विभिन्न कालखण्डमा राजनीति कै कारणले जेल पनि भोगे, ट्रेड युनियन मातहतको प्रेस युनियनको नेतृत्व तहमा रहेर समेत काम गरिसकेको छु, मैले पत्रकारितामात्रै नभएर राजनीतिक क्षेत्रमा समेत विशेष योगदान पुर्याएको छु ।’ पराजुलीले भने, ‘अब मेरो पत्रकारिता क्षेत्रको विट मार्दै क्रियाशिलरुपमा राजनीतिमा सक्रिय भएर काम गर्छु’ ।

‘म १२ औं अधिवेशनमा जिल्ला सचिवको उम्मेदवार थिए, सबैले सहयोग गर्दा पनि पराजित बन्न पुगे, अहिले म जिल्लामा नेतृत्व भूमिकामा देखिनुपर्ने थियो तर पोखरा महानगरमा देखिएका विकृति, विसंगति र वेथितिलाई सुधार गर्नका लागि महानगर सभापतिमा उम्मेदवार दिएको हुँ’ उनी भन्छन् । ‘लामो समय पत्रकारिता गर्दा धेरैजनालाई पत्रकारिता सिकाएको मसँग अनुभव छ, अब म कांग्रेसमा आवद्ध क्रियशिल सदस्यदेखि नेतृत्व गर्ने युवाहरुलाई प्रशिक्षण गराउँछु । कांग्रेस प्रमुख प्रतिपक्ष हुँदासमेत महानगरमा भएका अनियमितता, भ्रष्टचारका विषयमा खुलेर बोल्न सकेका छैनन्, त्यस्ता विषयमा खुलेर वकालत गर्छु,’ उनले भने ।

सभापतिका उम्मेदवार पराजुलीले कांग्रेसलाई बलियो र मजवुद बनाउनका लागि भातृसंगठन गठन गरी चलायमान बनाउने, महानगरबासीको अभिलेख राख्ने सफ्टवयरको विकास गर्ने, तल्लो निकाय एवं वडा इकाई र सभापतिहरुलाई प्रशिक्षण गर्ने, समयसमयमा छलफल गरी विद्यान बमोजिम काम गर्ने सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उनको विचार थियो । नेपाली कांग्रेसको गुमेको साख फिर्ता ल्याउने, अन्यायअत्याचारसँग लड्न सक्ने कांग्रेस बनाउने सोंचका साथ अगाडि बढेको पराजुलीले सम्मेलनमा बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.